बाम गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बस्दै



सैघाली खबर

काठमाडौं,२७ असोज

सीटको बाँडफाँड र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बारेमा छलफल गर्न नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीका शीर्ष नेताहरुबीच आज छलफल हुँदैछ । चुनावका लागि बाम गठबन्धनको घोषणापत्र तयार र सीट संख्यया मिलाउनका लागि कार्यदललाई जिम्मा दिइएको भए पनि सहमति जुट्न नसकेपछि शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो ।

शीर्ष नेताबीचको छलफलमा कार्यदलका सदस्य पनि सहभागी हुने भएका छन् । बैठक बस्ने तय भए पनि समय र स्थान भने निश्चित भइनसकेको माओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिनुभयो । शीर्ष नेताबीच सहमति खोजेर कार्यदललाई थप गृहकार्य गर्न निर्देशन दिइने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्