काश्मीरमा पाँच जनाको गोली हानी हत्या



भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या भएको छ । घटनामा एक जना घाइते भएको बताइएको छ । गएराति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले उल्लेख गरेको छ ।

मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छ्न । हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले आशंका व्यक्त गरेका छन् । आतकंवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको समाचारमा जनाइएको छ ।

घटनामा कोही घाइते नभएपनि आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जम्मु काश्मिरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले काश्मिरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको बताइएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्