सामुहिक कुटपिडबाट एकको मृत्यु



बर्दियाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको समूहको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवाहरुलाई झगडा नर्गन आग्रह गर्दा ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । मंगलबार बेलुका युवाहरुको कुटपिटबाट चार जना घाइते भएका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालिगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देवी रोकायसहित अहिलेसम्म ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । कुटपिटमा संलग्न आशंकामा अरुको खोजी र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल आसपास क्षेत्रमा प्रहरी परिचालन गरी घटनामा संलग्न थप अरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्