तुलसीपुरमा हायस ले अटोलाइ ठक्कर दिदा एक को मृत्यु पाँच घाइते



 दाङ

तुलसीपुरमा हायसले अटोलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको छ ।
तुलसीपुर बजारबाट दक्षिण तर्फ जाँदै गरेको रा १ ह ३५४९ नम्वरको अटोलाई नेपालगञ्जवाट तुलसीपुर बजार तर्फ आउँदै गरेको बा २ ख ३९५९ नम्वरको हायसले तुलसीपुरको स्टारचोकमा बुधवार बेलुका करिब सवा ७ बजे ठक्कर दिदा  दुर्घटना भएको हो ।

दुर्घटनामा परि अटो चालक तुलसीपुर १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय ज्ञानबहादुर चौधरीकी १७ महिनाकी छोरी अदिती चौधरी र तुलसीपुर १६ का अन्दाजी ६० बर्षीय अर्का एक पुरुष गम्भीर घाइते भएका छन् । अदिती र नाम खुल्न नसकेका अर्का एक पुरुषलाई तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ भने सोही ठाउँका अन्दाजी २४ बर्षीय प्रविण चौधरी र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी अन्दाजी २३ बर्षीय विजय चौधरी को राप्ती प्रादेशिक अस्पताल तुलसीपुर मा उपचार भइरहेको छ .

स्कूटीलाई अटोले ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रमुख हरिहरनाथ योगी ले जानकारि दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्