देउखुरीमा ट्याक्टरकाे राेटाभेटरले च्याप्दा दाइकाे मृत्यु




ओमप्रकाश गुप्ता
देउखुरी, १४ कार्तिक । देउखुरीमा ट्याक्टरमा जडान गरेकाे राेटाभेटरले खेत जाेत्ने क्रममा च्यापिएर एक जनाकाे मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर २ रनियापुर गाउँमा खेत जोत्ने क्रममा सोही ठाउँका ३५ बर्षिय रामप्रकाश चाैधरीको टयाक्टरको रोटाभेटरले च्यापिएर मृत्यु भएकाे वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । अाफ्नै घरकाे अनटेस्ट ट्याक्टरमा जडान गरिएको राेटाभेटरले च्याप्दा उनको मृत्यु भएको हो । ट्याक्टर रामप्रकाशका भाइ रमेश चाैधरीले चलाएका थिए । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्