भाईले चलाएको ट्याक्टरको रोटाभेटरले च्याप्दा दाईको मृत्यु




देउखुरीमा ट्याक्टरमा जडान गरेको रोटाभेटरले खेत जोत्ने क्रममा च्यापिएर बिहिबार एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर २ रनियापुर गाउँमा खेत जोत्ने क्रममा सोही ठाउँका ३५ बर्षिय रामप्रकाश चौधरीको टयाक्टरको रोटाभेटरले च्यापिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

आफ्नै घरको अनटेस्ट ट्याक्टरमा जडान गरिएको रोटाभेटरले च्याप्दा उनको मृत्यु भएको हो । ट्याक्टर रामप्रकाशका भाइ रमेश चौधरीले चलाएका थिए । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्