म्याग्दीमा जीप दुर्घटनाहुदाँ दुई जनाको मृत्यु



म्याग्दीको मालिका गाउँपालिका २ को रुमगाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको केन्द्र दरबाङदेखि रुमगाउँका लागि छुटेको ध १ ज ५९५ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय सपबहादुर विक र चन्द्रबहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेका प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्