पश्चिम दाङमा जुवाको बिगबिगी



 

 

सैघाली खबर

दाङ ,२७ असोज । पश्चिम दाङमा पछिल्लो समय जुवाको बिगबिगी एक्कासी बढेको छ । चाडपर्वको मुखमा आएर जुवातासको बिगबिगी बढेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरले फेरी ११ जना जुवाडेलाई पक्राउ गरेको छ । आज विहान एक बजे तिर तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ६ वरुवागाँउ स्थित टाईसन चौधरीको घरबाट उनिहरुलाई पक्राउ गरीएको हो ।प्रहरी निरीक्षक रमेश विष्टको नेतृत्वमा गएको टोलीले उनिहरुको साथ बाट ७० हजार ५ सय ३० रुपैया समेत वरामद गरेको छ । जुवा खेल्न प्रयोग भएको तास सहीत उनिहरुलाई आवस्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालयमा राखीएको डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभएको छ ।

 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ९ दोघरे वस्ने वर्ष ३८ का ठाकुर प्रशाद गिरी ,वेलुवा वस्ने वर्ष ४६ का कुल वहादुर डागि, सोहि ठाउ बस्ने वर्ष ३५ का भागीराम सार्कि, बर्ष ४० को बिर बहादुर सार्कि , नयाबसपार्क बस्ने बर्ष ४० का तेज बहादुर खड्का , आदर्श नगरटोल बस्ने बर्ष २५ को बम बहादुर घर्ति , बरुवागाउ बस्ने बर्ष २४ को घर धनी टाईसन चौधरी ,बर्ष २६ का कमल चौधरी रहेका छन ।

यस्तै पुरानो बसपार्क बस्ने बर्ष २५ का संदिप सेर्पाईली , कटकुईया बस्ने बर्ष १८ को किसन चौधरी र वडा नम्बर ७ बस्ने बर्ष ४४ का श्याम घिमिरे रहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्