पर्यटनमन्त्री भट्टराईको निर्देशन प्रति कर्मचारीको आपत्ति




नारायणहिटी संग्रहालयभित्रको कक्षहरु मध्यको एक कक्ष लमजुङ कक्षलाई दारु पार्टी र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशन संगै भएको उक्त तयारीको कर्मचारीले चौतर्फी रुपमा आपत्ति जनाउन थालेका छन् ।

देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाएका हुन ।

गएको असोज ३ गते मन्त्री योगेश भट्टराई ,मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्