माओवादी केन्द्रको बैठक जारी



सैघाली खबर
काठमाडौं,२८ असोज

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री मण्डल बिस्तार गरे पछि सरकारमा बस्ने, नबस्ने आगामी कार्यदिशा कस्तो बनाउने भन्ने बारे छलफल गर्न एमाले, माओवादी नेताहरु सम्लग्न कार्यदल सहित माओवादी केन्द्रको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा जारी बैठकमा गठबन्धन बाट नयाँ शक्ति नेपाल बाहिरिए पछिको अवस्था बारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित बैठक बस्ने भएकाले बैठकमा सरकारबाट बाहिरिने वा सरकारमा नै बस्ने भन्ने बारेमा पनि छलफल हुने प्रवक्ता पम्फा भूषालर्ले जानकारी दिनुभयो । नयाँ शक्ति नेपाल गठबन्धनबाट बाहिरिएपछि गठबन्धनलाई अब कसरी अगाडी बढाउने भन्ने बारेमा गठबन्धनमा एक मत छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्