माछा तारेको तेलमा आफ्नै श्रीमतीको अनुहार डुबाएपछि …



आफ्नै श्रीमानले श्रीमतीलाई माछा तारेको तातो तेलमा डुबाउदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

सिन्धुलीको दुधौली नगरपालिका–४ डकाहाका ३० वर्षीय आशा सदा गम्भीर घाइते भएकी हुन् । श्रीमान रितु सदाले विनाकारण आशालाई कराईमा उम्लदै गरेको माछाको तातो झोलमा डुबाएका थिए । माछाको झोलमा डुबाएर अनुहार भरी पोलेपछि गम्भीर घाइते भएकी सदालाई श्रीमानले ढोका थुनेर कतै जान नदिई घरमा नै बन्दक बनाएका थिए ।

स्थानीय स्वास्थ्य संस्थामा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले खान बस्न र उपचार खर्च निःशुल्क रहेको जानकारी दिए । सदाको सिन्धुली अस्पतालमा उपचार हुन नसकेको खण्डमा मानवीय सेवामा काम गर्ने संस्थाहरु खोजिरहेको र उहाँलाई तत्कालै शिक्षण अस्पताल काठमाण्डौं लगेर उपचार गरिने व्यवस्था समेत मिलाएको उनले बताए ।

अनुहारभरी पोलेकाले सिन्धुलीमा उपचार सम्भव नहुने चिकित्सकले बताएका छन् । श्रीमतीलाई घाइते बनाएर भागेका श्रीमान रितु सदालाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्