महरा जेल गए लगत्तै प्रचण्ड दाङमा



आफ्ना निकट सहकर्मी र युद्ध देखि शान्ति कालसम्म र अझ पछिल्लो समय पार्टी एकतासम्म आईपुग्दापनि सधै आफ्नो निकट रहेर सहयोगी बनेका नेता कृष्णबहादुर महरा जेल गएलगत्तै नेकपाका अध्यक्ष दाङ पुगेका छन् । साना साना घटनामासमेत षडयन्त्र देख्ने प्रचण्डले महरा काण्डमा भने कुनै त्यस्तो गन्ध देखेनन् । न त उनले महराको पक्षमा बोल्ने आँट नै गरे । त्यसो त महराको मुद्धामा आशंका र सन्देह गर्न सकिने आधार पिडित महिलाको बदलिरहने बयानले पनि यो मुद्धा महरालाई फसाउनलाई रचिएको चक्रव्युहको उपज भएको प्रस्ट भईसकेको छ ।

प्रचण्डका सारथीहरु प्राय अर्को पार्टि चलाईरहेका या उनलाई गद्धार भन्दै निस्कृय अवस्थामा पुग्दासम्म पनि महराले उनको साथ छाडेनन बरु पार्टिलाई ठुलो र बलियो बनाउन अन्यदल सम्म पुग्ने पुलको काम गरे । तिनै सहकर्मिलाई अफ्टेरो पर्दा प्रचण्डको मौनतालाई धेरैले संसयको दृष्टिले हेरेका छन् ।
सबैतिर षड्यन्त्र र योजनाबद्ध घटना हो भन्ने आवाज उठिरहेको बेलामा पार्टीले आन्तरिक छानबिन आयोग गठन गर्न पर्दैन ? भन्ने प्रश्न आम कार्यकर्ताले गरिरहेका छन् ।

यसपटकको प्रचण्डको दाङ भ्रमणको पुर्व सन्ध्यामा सामाजिक संजालहरुमा उनलाई महरालाई सीध्यायर दाङ किन आएको?, दाङमा जान लाज मान्नुपर्ने, जस्ता आवाज उठेका छन् ।

यतिबेला दाङमा एउटा भनाइ चर्चित छ, दाङको विकास चाहने नेता धेरै समय टिक्न सक्दैन । हेर्दा त्यस्तै देखिन्छ । चाहे त्यो भ्रष्टाचार मुद्धामा राजनिति सकिएका खुम बहादुर खडका हुन वा महिलामाथि हातपात गर्न खोजेको मुद्धा लागेका कृष्णबहादुर महरा हुन ।

ती मुद्धामा अमुक व्यक्ति दोषि हो या होईन त्यो किटान गर्ने जिम्मा त अदालत कै हो तर दाङकै नेतामात्र किन टार्गेटमा पर्छन त्यो भने अवश्य सोचनिय कुरा हो ।

विशेषगरी महराको मुद्धा नाटकीय जस्तो सबैलाई लाग्नुपर्ने हो । मुद्धाको पिडित भनिएकी महिलाले यथेष्ट कारणसहित प्रहरीले तयार पारेको जाहेरी सहि नभएको बताईरहँदासमेत उनीमाथि लागेको आरोपबाट मुक्ति नपाउनु धेरैको लागि आश्चर्यको विषय बनिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्