सैघाली खबर
काठमाडौं,२९ असोज
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल स्थगित भएको छ ।
त्यहाँको मौसम खराब भएको तथा सामुद्रिक आँधीका कारण भोलि हुने गरी खेल सारिएको जनाइएको छ ।
यसअघि अस्ति भएको पहिलो खेलमा हङकङसँग नेपाल ८३ रनले पराजित भएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।