दाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको उपचारको क्रममा मृत्यु



सैघाली खबर
दाङ,२९ असोज

दाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका वडानम्वर १ जरौनीमा रोकिराखेको लु ३ त ३४९८ नम्वरको टे«क्टर दुर्घटना हुँदा स्थानीय १३ वर्षिय विश्वास अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिहले मृतक विश्वासका बाबुले चालक रहेको टेक्टर रोकिराखेको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उहाँको मृत्यु भएको जानकारी दिनुभयो । बच्चाले गाडी चलाउँदा नजिकैको खाल्डोमा दुर्घटना भएको र घाइते अधिकारीलाई बुटवलमा उपचार गराउँदै गर्दा मृत्यु भएको सिहको भनाई छ ।

ट्याक्टर बच्चाले आफै चलाएको या अरुले चलाएर दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको सिंहले जनाकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्