थापाथलीस्थित प्रसुति गृहमा १२ वर्षीया बालिकाको गर्भपतन गराईयो



अछामबाट काठमाडौं ल्याइएकी १२ वर्षीया बालिकको थापाथलीस्थित प्रसुति गृहमा गर्भपतन गराइएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। जन्म दिन नसक्ने र स्वास्थ्यमा जोखिम पर्ने भएकाले शुक्रबार बिहान गर्भपतन गरिएको अस्पतालले जनाएको छ।

अछामको रामारोशनकी १२ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको सूई लगाउन अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा स्वास्थ्य जाँच गराउँदा गर्भ रहेको थाहा भएको थियो ।

त्यसपछि बयालपाटा अस्पतालले जिल्ला अस्पताल रिफर गरेको थियो । जिल्ला अस्पतालले जाँच गर्दा २२ हप्ताको गर्भ भएको रिपोर्टमा देखिएको थियो । उमेर सानै भएकाले समस्या हुने जनाउँदै जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उनलाई प्रसूति गृहमा ल्याइएको थियो ।

बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी आफन्तसँग पहिलेजस्तै रमाएर बोलचाल गरिरहेकी छन् । यसमा अछाम प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्