लागू औषध मुद्धामा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ



लागू औषध मुद्धामा नेपाली काङ्ग्रेसबाट निर्वाचित नुवाकोटका एक वडाध्यक्ष पक्राउ परेका छन ।

म्यागङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

लागू औषध चरेस मुद्धामा जिल्ला अदालत काठमाण्डौबाट दोषी ठहर भएका तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । वडाअध्यक्ष तामाङलाई जिल्ला अदालत काठमाण्डौले २०७१ जेठ २७ गते ३ वर्ष कैद र २५ हजार जरीवाना गरेको थियो ।

पक्राउ परेका तामाङ नेपाली कांग्रेसबाट २०७४ बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा ४ सय ४६ मत ल्याई विजयी भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्