वन तथा वातावरण मन्त्री रावलद्धारा राजीनामा



सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामाको पत्र दिएका हुन् । ठगी तथा किर्ते गरेको अभियोगमा उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको छ । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।

उनीमाथि महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको आरोप लागेको छ । यद्यपी आफूलाई लागेको आरोप झुटो रहेको दावी गर्दै आएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्