डा. गोविन्द केसी अनशनरत डडेल्धुरा अस्पतालमा तनाव



डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाव दिएको छ। तर, समर्थकले नसार्न दबाव दिएपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

अनशनस्थलमा रहेका डा। केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिएका छन् । प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको किरण केसीले जानकारी दिए। केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने भन्दै डडेल्धुरा अस्पतालले हिजैबाट डाक्टर केसीको उपचार गर्न नसक्ने जनाएको छ।

अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ। केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकाले सुविधासम्मपन्न अस्पतालमा उपचार गराउनुपर्ने अस्पतालको भनाइ छ ।

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरिरहेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्