प्रहरीको हवाई फाएरबाट लुटेरा पक्राउ



प्रहरीले चलाएको हवाई फाएरबाट तुलसीपुरमा लुटेराको समूहलाई पक्राउ गरेको छ । बल्याकमेलीङ गरेका लुटेराको समूहलाई पाँच लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर –३ खमारीको जंगलमा प्रहरीले गोली प्रहार गरेर ३ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अन्य दुई जना फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ती समुहले गत शनिबार बेलुकी सोहि ठाउँमा केटीसंगै मोटरसाईकलमा सवार रहेका एक पुरुषलाई नियन्त्रणमा लिएर कुटपिट गरी भिडियो बनाएरसार्वजनिक गरिदिने धम्की दिएका थिए । तर पिडित पक्षले पाँच लाख रुपैया दिने बाचा गरेपछि उनीहरु छुटेका थिए । ती समुहले उनीहरुको साथमा रहेको रा ४ प ६०८३ नम्वरको मोटरसाईकल, मोवाईल थान २ , पर्स, सवारी धनी पुर्जा,सवारी चालक अनुमति पत्र लुटपाट गरेका थिए ।

उनीहरुलाई सोमवार बिहान पाँच लाख रुपैयाँ लगेर बुझाउन गएको अवस्थामा लुटेराको समुहलाई प्रहरीले गोली फाएर गरेर नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर ३ खमारी वस्ने वर्ष १९ को विमल वली, सोहि ठाउँ बस्ने १९ बर्षिय नविन नेपाली र २६ बर्षिय दुज वहादुर खत्री रहेका छन् । घटनामा संलग्न अन्य दुई जना सोहि ठाउँ बस्ने २३ बर्षिय ईश्वर पुन र २० बर्षिय अर्जुन पुन फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् । उनीहरु विरुद्ध पिडित पक्षले अपहरण सम्वन्धि जाहेरी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्