२५ भिआईपि जुवाडेमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा




राजधानीको महाराजगञ्जस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गत तिहारमा पक्राउ परेका २५ भिआईपि जुवाडेमाथि अर्को मुद्दा चल्ने भएको छ ।

कात्तिक १७ गते पक्राउ परेका पहुँवाला जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार उनीहरुमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर निस्किएका सबैजनालाई प्रहरीले पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।

यी जुवाडेहरुबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो । ती सबैजनालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइने डिएसपी लम्सालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्