सरकारमा रहेका दलहरुबीच खटपट



 

सैघाली खबर
काठमाडौं,३१ असोज

 

सत्तारुढ दल नेकपा माओवादी केन्द्र प्रमूख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी एकतामा लागेपछि सरकारमा खटपट देखिएको छ । केहि सत्ताको नेतृत्व गरिरहेको कांग्रेस र माओवादी बीच आरोप प्रत्यारोप चलिरहेको छ । पछिल्लो सरकार विस्तार प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीले सरकार छाड्नु पर्ने संकेत गर्नुभएको थियो । तर माओवादी केन्द्र सरकारबाट बाहिरिने मनस्थितिमा देखिएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर अन्यौलता हटाउने गरी तयारी गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्