दस दिनदेखि सम्पर्क बिहिन दाङका मानबहादुरलाई खोजिदिन आग्रह



गत कात्तिक १९ गतेदेखि परिवारको सम्पर्क बिहिन भएका २८ वर्षीय मानबहादुर डागीको अवस्थाको बारे परिवारमा चिन्ता दिन प्रतिदिन बढ्दै गएको छ ।
गत १६ कात्तिकमा कतारबाट उनी नेपाल आएका थिए । शान्तिनगर गाँउपालीका ०२ स्थायी घर भएका डागी सम्पर्कदिहिन भएपछि परिवारले प्रहरीमा पनि उजुरी दिईसकेको छ । मानबहादुरका भाई सरोज डिसीले भने, कुनै विवाद विनै दाजु हराएकाले आफुहरु चिन्तीत भएको बताए । उनले भने, हामीले सिमामा रहेको सिसि क्यामरा हेर्दा दाजु रिक्सामा चढेर भारततर्फ गएको देखिएको छ ।
मानबहादुरको विवरण यस्तो छ,
नाम: मानबहादुर डागी
उमेर: २८ वर्ष
वनौट: अग्लो कद भएको, गोरो

साथै उनलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा खवर गरिदिन वा ९८०६२५१९१३, ९८०९५२२९६६, ९८०९५१६५५५ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्