के तपाई वैदेशिक रोजगारीमा जांदै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिन आवश्यक छ



वैदेशिक रोजगारी नेपालीहरुको संख्या दिनानु दिन बढ्दो छ । धेरैजसो बाध्यता त कोहि कोहि रहरले वैदेशिक रोजगारीमा गएको पाइन्छ । विदेशमा गएर आर्थिक आम्दानी गरी आफनो परिवारलाई सुखीसँग राख्ने सपना बोकेर नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेश गएको पाइन्छ ।

देशमा रोजगारीको समस्या र वैदेशिक रोजगारीमा केहि मात्रामा आम्दानी राम्रो समेत हुनाले विशेषगरी युवावर्गहरु वैदेशिक रोजगारीका लागि जाने संख्या उच्च रहेको छ । दैनिक हजारौं युवा रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा गइरहेका छन् ।

रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैनन् भने वरु उल्टो ठगिने क्रम बढ्दो छ । त्यसैले आर्थिक स्तर उकाशने उद्देश्यका साथ विदेशमा काम गर्नेका लागि जाने युवाहरु सचेत हुनु आवश्यक छ । यदि सचेत भएको खण्डमा मात्र ठगीबाट बच्न सकिन्छ ।

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालहरु अहिले शहर देखि गाँउसम्म छ्याप्छ्याप्ती पाईन्छ । दलालबाट जोगिने उपाय भनेको आफू सचेत हुनु हो । वैदेशिक रोजगारीमा जाँदा दलालकोमा नफसुन भनेर सरकार तथा निजी संस्थाहरुले विविध कार्यक्रम सञ्चालन समेत गरेको पाईन्छ ।

वैदेशिक रोजगारमा जानु अघि यि कुराहरुमा ध्यान दिन आवश्यक छ

१, बैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा जाकारी लिनुपर्छ । दलालमार्फत वा त्यस्तै व्यक्तिबाट जाने तयारी गर्नुभएको छ भने आफु ठगिँदै छु भनेर सोच्नु पर्छ । दलालबाट जोगिनका लागि सिधै इजाजात प्राप्त कम्पनीको सम्पर्कमा आउनु पर्छ ।

२ व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिनपर्छ ।

३ रोजगारमा जाँदा कुन काममा जाने ,सोको लागि कति खर्च लाग्छ ,काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घन्टा, ओभरटाइम काम भत्ता ,करार अवधि आदि बारेमा राम्ररी जानकारी लिएर मात्रै प्रक्रिया थालनी गर्ने ।

४ कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी , मनी ट्रान्सफर चेन्जर ,दलाल , एजेन्ट , कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम दिनु हुँदैन् । इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु पर्छ ।

५ रोजगारमा जानका लागि कानुनी प्रक्रिया पु¥याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु ९म्यानपावर कम्पनी०ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन रु उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन रु तथा खारेजीमा परेको छ छैन बुझ्नु पर्दछ ।

६ देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्ने र सम्झौता पत्रको एक कपी प्रमाण सुरक्षित रुपमा राख्ने ।

७ काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नंम्बर लिने ।

८ आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउने । रकम बुझाएको भर्पाई अनिवार्य रुपमा लिने ।

९ सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिने । १० सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार जीवन बीमा गराउने ।

११ कल्याणकारी कोषमा रकम बुझाई रसिद लिने ।

बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु निम्न रहेका छनः—

१ केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।

२ लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।

३ घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।

४ बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।

५ बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

६ बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा ख्ष्कष्त भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।

७ घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।

८ बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।

९ स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।

१० आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।

११ बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।

१२ बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।

१३ बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।

१४ आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचनार विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।

१५ सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्