मतपत्रका विषयमा आज सर्वोच्च अदालतले निर्णय आउने



सैघाली खबर
काठमाडौं,१ कार्तिक

प्रतिनिधि सभा र प्रदेशस भाको मतपत्र फरक हुनुपर्ने माग सहित सर्वोच्चमा दायर मुद्दाको फैसला आज हुने भएको छ । एउटै मतपत्र हुँदा मतदाता झुक्किने भन्दै मतपत्र फरक हुनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपालका तर्फबाट नेता सर्वेन्द्रनाथ शुक्लाले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । शुक्लाले रिटमा आगामी निर्वाचनमा मतपत्र चारवटा बनाउनु पर्ने, प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको तालिका सार्न ुपर्ने माग गर्नुभएको छ ।

मनोनयन रोक्न असोज २२ गते नै दर्ता भएको रिटमा सोमबार मतपत्रको विषय थपेर पूरक निवेदन पेस भएको थियो । हिजो संयुक्त रूपमा दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा पेशीका लागि राखिएको थियो । हिजोर भएको बहसमा एक जना कानुन व्यवसायीको बहस बाँकी रहेको निर्णय सुनुवाइ आजका लागि सरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्