कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा तानिंदै



सैघाली खबर
काठमाडौं,१ कार्तिक

आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा सारिने भएको छ । निर्वाचन आयोगबाट स्वीकृत लिइसकेकाले आज मन्त्रालयमा तान्ने तयारी छ । आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति माग गरेको थियो ।

सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वाेच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि काममा फर्कनुभएका खड्कालाई मन्त्रालयमा काममा लगाउन आपूर्ति मन्त्रालयले आयोगको सहमति माग गरेको हो ।

मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाउन लागेको आयोगलाई जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्