प्रहरीलाई आलामको धम्की : भारतबाट मान्छे ल्याएर आगो लगाउँछु (भिडियोसहित)



बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन् । पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन् ।

२ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका समाचार कान्तिपुर दैनिकमा छ ।

आलम: तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?

प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं । जय नेपाल, नमस्कार भनेका छौँ ।

आलम : गाडीमा हात बजार्दै हँ‘यो जिल्लामा आग आगो लाग्छ, आग।

प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।

आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस‘ उनी आफ्नो मोवाइल फोन हेर्छन्

प्रहरी: त्यसो भन्न मिल्दैन हजुर।

आलम : मैले वारात विवाह बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के होर ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले।
प्रहरी : हैन माननीयज्यू।

आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ।

यसैबीच आलमले प्रहरीलाई धम्काएको भिडियो सार्वजनिक भएको छ । हेर्नुहोस् भिडियो :

आलमको औकात : प्रहरीसँग नै मान्छे मार्छु भनेपछि…

आलमको औकात : प्रहरीसँग नै मान्छे मार्छु भनेपछि…पुरा पढ्नुहोस् : bit.ly/2QukW4f

تم النشر بواسطة ‏‎eKantipur‎‏ في الاثنين، ١٨ نوفمبر ٢٠١٩

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्