कुखुराको मासु खांदा एक जनाको मृत्यु, ९ जना घाईते



मरेको कुखुराको मासु खाँदा एक जनाको मत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् ।

बैतडीको पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु हुनुको साथै ९ जना बिरामी परेका हुन् । शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए ।

मासु खाएपछि बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको उनले बताए । शनिबार रातिदेखि नै बिरामी परेकी १५ वर्षीया पुष्पा पार्कीको सोमबार मृत्यु भएको पन्तले बताए । बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले औषधि दिए पनि ठिक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकीमा लगेको उनले बताए ।

कुखुराको मासु खाएपछि बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् । ७० वर्षीया पार्वती बाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको महादेवस्थान स्वास्थ्यचौकीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्