पठाओ र टुटललाई कारवाही नगरिने



पठाओ र टुटलका सवारी चालकलाई कारवाही नगर्न यातायात व्यवस्था विभागलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले निर्देशन दिएका छन्।

यातायात व्यवस्था विभागले कानुन उल्लंघन गरेर भाडामा यात्रु नबोक्न सूचना जारी गरेपछि ट्राफिक प्रहरीले पठाओ र टुटलका सवारी चालकमाथि कारवाही सुरु गरेको थियो । विश्वका अन्य मुलुकमा पनि यस्तो सेवा रहेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका थिए। भौतिकमन्त्री नेम्वाङले ठुलो संख्यामा युवाहरु पठाओ र टुटल व्यवसायमा संलग्न रहेको भन्दै तत्काल कारवाही नगर्न विभागलाई निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्री नेम्वाङले कानूनी व्यवस्था गरेर पठाओ र टुटललाई कानूनी दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । यातायात व्यवसायीले भने अनलाइनमार्फत् चलेका टुटल पठाओ जस्ता निजी सवारीको प्रयोगले सार्वजनिक यातायातलाई असर परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनिहरुले टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग गर्दै आएका छन् ।

मन्त्री नेम्वाङले नियमनका लागि कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिए। यसैबीच मन्त्री नेम्वाङले निर्माण व्यवसायीसँग वार्ताको माध्यमद्धारा निकास खोजिने भन्दै सम्वादमा आउन आग्रह गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्