‘प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा’



काठमाडौं, मंसिर ११ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताएका छन् ।उनले प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले आज एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएर हिजोबाट अस्पतालमै भर्ना भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्