नेकपाका सयौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश




नेपाली कांग्रेसका नेता गगन थापाले धनकुटामा सयौं युवाहरु नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । बुधबार नेता थापाले युवाहरुको भविष्य नेपाली
कांग्रेसमा मात्र रहेको भन्दै धनकुटाको बेलहारा डाडामा आयोजित एक कार्यक्रममा सयौ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गराएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुमा राजेन्द्र खत्री, किरण तामाङ, दिपक तामाङ, मोहन तामाङ लगायत धनकुटा नगरपालिकाका वडा नं. ९, ६ र ७ का गरी जम्मा ४ सय ७६ जना नव प्रवेशीहरुलाई स्वागत गर्दै नेपाली कांग्रेसको सदस्यता प्रदान गरेको नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष तथा पार्टी प्रवेश कार्यक्रम समन्वय समितिका संयोजक दिनेश राइले वताए ।

पार्टी प्रवेश गर्नेहरुलाई नेता गगन थापा, नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, १ नम्वर प्रदेश सभा सदस्य सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले अविर टिका तथा माला लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेस बेलराहाका सभापति प्रेम खत्रीको सभपातित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन इश्वरी सुवेदीले गरेका थिए। यसभन्दा अघि पाख्रिवास नगरपालिकामा ३ सय ४७ जनाले नेकपा परित्यान गरी नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्