कालापानी पुग्ने पहिलो नेता आफूभएको रामचन्द्र पौडेलको दाबि




नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानीमा सांसदहरुको टोली लिएर जाने पहिलो नेता आफु रहेको दाबी गरेका छन् ।

बुधबार पोखरामा आफ्ना उमेद्वारलाई भोट माग्न गएका पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोमा आपत्ति जनाए। ‘अहिले राष्ट्रियताको सवालमा कम्युनिष्टहरुको झुटो प्रचारले सीमा नाघ्यो,’ उनले भने, ‘बेलामा सभामुख हुँदा कालापानीसम्म आफ्ना सांसदहरु लिएर गएको मान्छे म नै हुँ। म मात्रै पहिलो त्यो नेता हो नेपालमा जस्ले कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर गएँ ।’

नेता पौडेलले कम्युनिष्टका सांदहरु र तथ्यांक विभागका महानिर्देश सहितको टोली लिएर कालापानी गएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्