अस्पताल पुगेका देउवाले प्रम ओलीलाई नभेटि फर्किय



प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई नभेटि फर्कियका छन ।

संक्रमणको जोखिम हुनसक्ने बताउँदै ओलीसँग भेट्नका लागि तत्काल कठिन रहेको बताएपछि देउवा नभेटीकन फर्केका छन् । देउवाले ओलीका आफन्त र चिकित्सकसँग भेटेर ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

अस्पतालबाट बाहिरिने क्रममा देउवाले संक्रमणको जोखिमका कारण ओलीसँग भेट्न नपाए पनि सहयोगी र चिकित्सकसँग कुराकानी गरेको बताए । देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको संचारकर्मीसँग बताए ।

यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले प्रधानमन्त्री ओलीसँग अस्पतालमै भेटेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्