नेमकिपा एक्लै चुनावी मैदानमा उत्रने



सैघाली खबर,
काठमाणडौ १० कात्तिक।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मंसिरमा हुने निर्वाचनमा आफ्नो पार्टीले कुनैपनि पार्टीसँग तालमेल नगर्ने बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।

नेमकिपालाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेका छन्। तर उनले कुनैपनि पार्टीसँग तालमेल नगर्ने बताए।

आफ्नो पार्टी राष्ट्रिय पार्टी रहेको बताउँदै उनले भने ‘नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी हुन्छ।’

उनले आफ्नो पार्टी कुनैपनि पार्टीसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्