कञ्चनपुरमा दुइटा बाल्टी बम फेला



कञ्चनपुरको पुनर्वासमा दुइटा बाल्टी बम फेला परेको छ।

वडा नम्बर ३ मा भइरहेको मतदान केन्द्रनजिकै फेला परेको शंकास्पद वस्तु बाल्टी बम रहेको प्रहरीले पुष्टि गरेको हो ।

मतदान केन्द्र रहेको गोरखा आधारभूत विद्यालय रामबस्तीभन्दा करिब २०० मिटर पूर्वपट्टी सडक छेउमा रहेका दुइटा बाल्टी बम नेपाली सेनाले निष्क्रिय पारेको छ। सडक छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए । उक्त सडकमा सर्वसाधरणलाई हिँड्नसमेत रोक लगाइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्