वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएको छः प्रचण्ड



सैघाली खबर,
पोखरा १० –कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएको बताएका छन् ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूले पहिले कांग्रेसँगै गठबन्धन गरेर गुन लगाएको र अहिले वाम गठबन्धन गरी कांग्रेसलार्इ गुन लगाएको बताएका हुन् ।

पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको प्रचण्डले बताए ।

गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए ।

‘कांग्रेसलार्इ गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत आउनुभएको छ।

प्रचण्डले कार्यकर्ताहरुलाई गठबन्धनबाट उत्साहित भएर रिल्याक्स गर्नुको साटो उम्मेदवारहरूलार्इ जिताउन इमान्दार भएर लाग्न अनुरोध गरेका छन् ।

सोही कार्यक्रममा प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै आजै टुंगो लगाइने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्