२० करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै, १० % ब्याज पाइने



काठमाडौं, मंसिर २९ । वैदेशिक रोजगारीमा गएका र रोजगारीमा गएर फर्किएकाहरुलाई लक्षित गरि  नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले पुष १ गतेदेखि पुष २१ गतेसम्म बचतपत्र बिक्री खुला गरिने जनाएको छ।

वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैर आवसिय नेपालीहरुले बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।बचतपत्रमा लगानीपछि वार्षिक १० प्रतिशतका दरले ब्याज पाइने र हरेक ६र६ महिनामा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्र खरिदपछि ५ वर्षमा साँवा भुक्तानी हुनेछ भने खरिदकर्ताले चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जासमेत लिन सक्नेछन्।

यो धितोपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासिय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा समेत खरिद गर्न सक्नेछन्।

बचतपत्र खरिद गर्नका लागि सिटिजन्स बैंकको कमलादी शाखा, नविल बैंकको तिनधारा शाखा, माछापुच्छ्रे बैंकको लाजिम्पाट शाखा, प्रभु बैंकको अनामनगर शाखा, सनराइज बैंकको गैह्रीधारा शाखा र सिद्धार्थ बैंकको हात्तीसार शाखाबाट आवेदन दिन सकिनेछ। त्यसैगरी सानिमा बैंकको नक्साल शाखा, सेन्चुरी बैंकको पुतलीसडक शाखा, प्रभु मनि ट्रान्सफरको लैनचौर शाखा र सेवा रेमिटको कुलेश्वर शाखाबाटसमेत आवेदन दिन सकिनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्