२१ औँ शताब्दीमा पनि कुकुरसँग विवाह, सबै दाजुभाईको साझा श्रीमती



यो युग भनेको २१ औँ शताब्दीको युग हो भनेर हामीले भन्ने गर्दछौ । यो युगमा विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपमा विविध परिवर्तनहरु आइरहेका छन् । तर यहि युग अर्र्थात विश्व जतिसुकै अत्याधुनिक भए पनि विश्वका विभिन्न जातजाति वा भनौँ मानवरहित ग्रहमा आ-आफ्नो अनौँठा परम्परा विद्यमान रहेको पाईन्छ । जुन परम्परा सुन्दा वा देख्दा अचम्म लाग्ने गर्दछ ।

चर्चा गरौँ विवाहको
नारी र पुरुषको सामाजिक, आत्मिक मिलनको सम्बन्ध गासिने परम्परालाई नै विवाह भनिन्छ । यो मानव जातिका लागी एक प्रकारको संस्कार हो । तर केहि परम्परा सुन्दा यस्ता छन जुन सुन्दा वा देख्दा अनौँठो लाग्ने गर्दछ ।

मोटो मोरिटेनियन विवाह
मार्टेनियामा ठूलो आकार वा धेरै तौल भएको श्रीमती पाउनु एक सौभाग्य मानिन्छ । उनीहरुको मान्यता यो छ कि यस्तो विवाहले समृद्धी र खुसीयाली ल्याउने गर्दछ । यो सुन्दा जति रोमाञ्चक लाग्दछ त्यति नै दुःखद पनि छ । किन कि यहाँ महिलाहरुलाई विवाहका लागि स्वस्थ र बलिया हुन भनी जबजस्ती धेरै खुवाउने गरिन्छ । तर यसरी धेरै खादा मोटोपनाको कारणले महिलाको उमेरसँगै रोग पनि उत्पन्न हुन जान्छ । तसर्थ आज त्यहाँको संस्कारले महिला तथा बच्चाहरुलाई सुरक्षा दिन यस परम्परामा कडा कदम उठाएको छ ।


चिकेन लिभर लभ
चिनमा यस्तो परम्परा छ कि विवाह गर्ने जोडिले पहिले कुखुरालाई काटेर त्यसको कलेजोलाई हेर्नु पर्ने हुन्छ । यदि कुखुराको कलेजो स्वस्थ रहेछ भने यसलाई शुभ संकेत मानि ति जोडिले विवाहको दिन निर्धारण गर्ने गर्दछन् । तर जबसम्म जोडिले स्वस्थ कलेजो पाउन सक्दैनन तवसम्म उनीहरुले विवाह गर्ने अनुमति पनि पाउन सक्दैनन् । त्यसैले सधै स्वस्थ कलेजो खोज्नुपर्ने हुन्छ । त्यसकारण यो विवाह परम्परा पनि संसारमै अनौठो विवाह मान्न सकिन्छ ।

किड्न्यापिङ

किर्गीस्तानमा विवाहको आफ्नै मान्यता रहि आएको छ । मातापिता अपरहण गरि कुनै एक केटीका लागि सहमति दिने गर्दछन । यो सहमति धेरै राम्रो ढङ्गमा पनि आउन सक्छ यदि केटी रोइ रहेकी भनेर भनिन्छ भने ।

वाइफ क्यारिङ च्याम्पिन्शिप

प्रत्येक वर्ष फिङ्लान्डमा विवाहका लागि एक खालको प्रतियोगीता हुने गर्दछ । यस्तो प्रकारको विवाहमा दुनियाभरबाट भाग लिन आउने गर्दछन । यस प्रतियोगीतामा सहभागी सबै पुरुषहरुले आफ्नी पत्नी साथी वा गर्लफ्रेनलाई काँधमा बोकेर निश्चित दुरी पार गर्नुपर्ने हुन्छ । यो एक मनोरञ्जनका लागि खेलिने प्रतियोगीता हो ।

ब्ल्याक ब्राइड

स्कटल्यान्डमा यस्तो परम्परा छ जसमा दुलाहा र दुलही माथि आफन्तजनले हिलो तथा फोहोर मैलो फाल्ने गर्दछन । यसको सामना दुलाहा र दुलहीले गर्न सके विवाहा पछिका दिनमा आइपर्ने दुःखलाई सामना गर्न सक्ने छन ।

कुकुरसँगको विवाह

भारतको मध्य प्रदेशका केहि भागमा शङ्खाल जातिले जब बच्चीको माथिल्लो भागको दात फुक्लिन्छ तब कुकुरसँग विवाह गराइन्छ । यस्तो गर्नुमा उसको श्रीमान अकाल मर्नु नपरोस अर्थात मृत्यु दाष मेटियोस, त्यहि मृत्यु दोष हटाउनको लागि त्यस बच्चीलाई सानो कुकुरको बच्चासँग विवाह गराइन्छ । त्यति वेला बच्चीको सिउँदोमा कुकुरबाटै सिउँदो भरिन्छ । यो परम्परा वर्षको दुई पटक मनाइन्छ । पहिलो माघी संक्रान्तिको भोलि पल्ट र दास्रो होलीको भोलि पल्ट । शंङ्खाल जातिमा मात्र हैन भारतको झारखण्ड राज्यमा पनि यस्तै परम्परा रहि आएको छ । यी ठाउँहरुमा यस्तो परम्परा सामान्य हो जुन पहिले देखि नै चलि आएका छन ।

म्यान्डेटोरी टीअर्स अफ लभ

हामीलाई थाहा छ दुलही आफ्नो माइती घर छोड्दा केहि बेर रुने गर्दछन यो सामान्य परम्परा हो । तर चिनको तजुरीया मनुष्यहरुको परम्परा सुन्दा तपाइलाई अचम्म लाग्न सकिन्छ । विवाहको एक महिना अगाडि देखि नै दुलहीले दिनको एक घण्टा रुनु पर्ने हुन्छ । यो रिती चिनको यस जातिमा धेरै वर्ष देखि नै चलिआएको छ ।

लक्ड डाउन लभ ब्रीज

यस परम्परा अनुसार विवाहित जोडि रोमको पोन्टेमेल्भियो नामको एक पुलमा आउने गर्दछन जहा उनीहरुको जोडिको नाममा ताल्चा लगाएर त्यसको साचो नदिमा फलिदिन्छन । यसो गर्नुको पछाडि यो मान्यता छ कि उनीहरुको त्यो साँचो जन्म जन्मका लागि बन्द छ र उनीहरुको जोडि कहिल्यै पनि टुक्रिने छैन । यसलाई एक आपसको कहिल्यै नभाचिने प्रेमको रुपमा लिने गरिन्छ ।

दुलाहाको गोडा पिटाईको प्रचलन दक्षिण कोरिया

यो प्रचलन हो दक्षिण कोरियाको । त्यहाँ विवाह समारोह सकिए पछि दुलाहालाई अर्को ठाउँमा लगिन्छ जहाँ दुलाहाका साथीहरुले उसका जुत्ता र टाई हटाइदिन्छन र सुकेको पहेँलो कोर्भिनाले गोडामा पिट्ने गर्दछन जुन एक प्रकारको माछा हो । यो एउटा पिडा दायक पनि हुन सक्छ साथै मनोरञ्जन पनि हुन सक्छ । यस पछि दुलाहा बलियो हुने भन्ने चलन छ । यस्तो परम्परा अझै पनि दक्षिण कोरियाका विवाह सस्कारमा रहेको पाईन्छ ।

दुलहीलाई आगोमा लिएर हिड्ने परम्परा

यो परम्परा चीनको केहि ठाउँमा मनाउने गरिन्छ । विवाहमा आफ्नो आफन्त र छरछिमेकलाई भोजभतेर खुवाए पछि यस्तो आश्चर्यजनक परम्परा मनाउने गरिन्छ । यस परम्परामा के मान्यता छ भने दुलहीलाई लिएर दुलाहाले जति आगो पार गर्न सक्छ उति नै सुन्दर बच्चा जन्मिने गर्छ ।

सबै दाजुभाईको साझा श्रीमती
यो सुन्दा निकै अनौठौ लाग्ने परम्परा हाम्रै नेपालमा पाइन्छ । विशेष त गोर्खा र शंखुवासभामा पाइने यो परम्परा लामा र शेर्पा जनजातिहरुमा सदियौँ देखि चलि आएको छ । गोर्खाको विहिगाविसमा यस्ता गाऊँहरु छन जहाँ एकै घरका दुई दाजुभाईले एउटै विहे गर्छन । विहे गर्ने परम्परा पनि अन्यत्र भन्दा फरक पनि छ । मन परेको केटीलाई मेलापात, गोठालो जादा बाटोमा भेटेको बेला र राती सुतेको ठाउँमै गएर तान्ने प्रचलन छ । केटीका आमा बुवालाई खुसी बनाउन सके भने छोरीलाई जवरजस्ती तानेर, बाकेर , दलबल सहित लैजाने प्रचलन छ । यो ठाउँमा अझै पनि यो परम्परा रोकिएको छैन । साथै शंखुवासभाको शेर्पा जातिमा पनि यो परम्परा विद्यमान रहि आएको छ । यति मात्र हैन यस्तो अनौँठो परम्परा भारतको विभिन्न ठाउँका हिन्दु जातिमा पनि रहि आएको छ ।

यो चलन अनुसार परिवारमा खास गरि एक जनाको विवाह हुन्छ उसैको श्रीमती भनेर मागिन्छ तर विवाहमा सबै दाजुभाईसँग राखेर टिका टालो गरिन्छ । टिकोटालो पछि भित्राएकी दुलही सबैको दाजुभाईकी श्रीमती हुन्छिन । कतिपय पहिलाहरु नै साझा श्रीमतीका रुपमा मात्र विवाह गर्न चाहने पनि हुन्छन ,त्यसैले यस परम्परामा प्राय महिलाकै त्यस्तो माग हुदा दाजुभाईले एउटै विहे गर्नुपर्छ ।

                                                                                                                                                                                        -विश्व घटना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्