‘स्वास्थ्यलाई अधिकार र दायित्वका रुपमा स्थापित गर्नुपर्छ’



दिपक बोहरा
दाङ,१५ कार्तिक

स्वास्थ्यलाई जनताको अधिकार र दायित्वका रुपमा स्थापित गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियणत्रण जिल्ला सञ्जाल दाङको आयोजना तथा प्राथामिक स्वास्थ्य सेवा स्रोत केन्द्र ( रेस्फेक) ले तुलसीपुरमा आयोजना गरेको स्वास्थय अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जनताको स्वास्थ्य सेवा पाउनु पर्ने आधारभुत अधिकारलाई राज्यले प्रत्याभुति गर्नुपर्ने बताएका थिए ।

सञ्जालका संयोजक ज्योती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रेस्फेक ५ नं. प्रदेशका फोकल डिबी खातीले स्थानीय तहमा जनताको क्षमताद्धारा स्वास्थ्यको बिकास र सुधार ल्याउन सकिने उनको भनाई थियो ।

जसका लागि राज्यबाट हुन सक्ने आधारभुत स्वास्थ्य सेवा समान रुपमा प्राप्त हुन सक्ने गरी नीति नियम बनाई कार्यान्वयन गर्नुपर्ने उनले बताए । साथै राष्ट्रिय स्वास्थ्य नीतिमा भएका कमीकम्जोरीहरुको पहिचान गर्ने र सुधारका लागि पनि पहल थाल्ने समेत उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका शाखा अधिकृत प्रकाश योगी, रितु प्रधानलगायतले स्वास्थ्य सुधारका बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सञ्चालका सदस्य तथा सञ्चारकर्मीहरु गरी करिब २५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सहसचिब प्रदेश चौधरीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्