जडीबुटी संकलनमा जांदा बेपत्ता भएका भनिएका जुम्लाका सवैजना सकुशल घर फर्किए



जडीबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन् ।

उनीहरु आइतबार राति १० बजेतिर गाउँ फर्किएका हुन् । बिहीबार जडीबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए। बेपत्ता भएकाहरुसँग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकारसमक्ष माग गरिएको थियो ।

बेपत्ता भएकाहरुको कुनै खबर नआएपछि गृह मन्त्रालयको निर्देशनमा प्रदेश सरकारले खोजीका लागि हेलीकप्टर पठाउन लागेको थियो । मौसम खराबीका कारण हेलीकप्टर उड्न ढिलाई भएको थियो। बिहान बेपत्तामध्येको एकजना छविराज बोहोराले फोन गरेर आफूहरु सकुशल भएको जानकारी दिएका थिए । फर्किएका १३ जनाले हिमपातमा परेर मृत्यु भएका बीनबहादुर बोहोरालाई सँगै लिएर गाउँ फर्किएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्