निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई आयोगको निर्देशन



सैघाली खबर
काठमाडौं,१५ कार्तिक

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न गर्न भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । हिजो सुरक्षासँग सम्बन्धित व्यक्तिहरुसँग चुनाबी सुरक्षाका बिषयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरोकारवाला पक्षलाई निर्देशन दिनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
बैठकमा दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्यको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रममा पनि भरपर्दो सुरक्षा व्यवस्था मिलाउने बारे छलफल भएको ढकालले बताउनुभयो ।

यसैबीच, निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्याइएको रकम रोक्का भएको जनाएको छ । आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरण अनुसार, रौतहट, कास्की, रूपन्देही, रुकुम पश्चिम भाग, कालिकोट, अछाम र बैतडी गरी सात जिल्लामा जम्मा ९५ करोड रुपियाँको योजना पारित भई निकासा दिने अवस्थामा पुगेको रकम समेत निकासा दिन रोक्का भएको छ । बाँकी ७० जिल्लामा योजना छनौट हुन बाँकी भन्ने जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्