वैदेशिक रोजगार : ६ वर्षमा ३८८ जना वेपत्ता




६ वर्षमा वैदेशिक रोजगारीमा गएका ३८८ जना सम्पर्र्किवहिन भएका छन् । सन् २०१३ देखि २०१९ सम्म नेपालबाट वैदेशिक रोजगारीका लागि विदेश गएका ३ सय ८८ जना कामदार सम्पर्कविहीन भएको तथ्य फेला परेको हो ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिकाअनुसार पछिल्लो ६ वर्षमा संस्थामा ३ सय ८८ जना हराएको उजुरी संस्थामा परेसँगै यस्ता तथ्य फेला परेको हो ।

यसरी हराउनेमा ३ सय १३ जना पुरुष तथा ७५ जना महिला रहेको संस्थाले जनाएको छ सबैभन्दा बढी मलेसिया जाँदा वेपत्ता भएको निवेदन उल्लेख छ । मलेसियाबाट समयमा २ सय कामदार सम्पर्क्िवहीन भएका छन् ।

यस्तै, ६७ जना साउदी अरब, ४६ जना कुवेत, २३ जना युएई तथा २२ जना कतारबाट सम्पर्कविहीन भएका हुन्। बाँकी ३० जना अन्य मुलुकबाट वेपत्ता भएको संस्थाको तथ्याङकले देखाएको छ ।

नवलपरासी जिल्लाबाट सबैभन्दा बढी सम्पर्क्िवहीन भएका छन्। यस्तै, कैलाल, धनुषा, धादिङ, सिन्धुपाल्चोक, सर्ला्िह, उदयपुर, सुनसरी, सप्तरी, र नुवाकोटबाट धेरै सम्पर्कविहीन भएको उजुरी संस्थामा परेको छ ।

उक्त संस्थाले विदेशी जेलमा परेर सबैभन्दा धेरै सम्पर्क्िवहीनभएको बताएको छ । यस्तै, विदेशमा प्रेम सम्बन्धमा पर्नु, मृत्यु हुनु, पारिवारिक मनमुटाव, दुर्घटनामा पर्नु, रोजगारदाताका कारणले तथा व्यक्तिगत कारणले सम्पर्क गर्न नचाहेको पाइएको संस्थाले बताएको छ ।

यसैबचि पछिल्लो समय वैदेशिक रोजगार अलि असुरक्षित पनि हुँदै जान थालेको छ । हरेक दिन रोजगारीका लागि विदेश गएका नेपाली कामदारको लास नेपालमा आउने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्