पूर्वश्रम स्वीकृतिको विवरण अब अनलाइनबाटै



काठमाडौं वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वश्रम स्वीकृतिको विवरण अनलाइन प्रणालीबाटै काम हुने भएको छ ।

पूर्वश्रम स्वीकृतिको फाइल लिएर म्यानपावर व्यवसायी अब वैदेशिक रोजगार विभाग अन्र्तगतको श्रम कार्यालय धाउनु नपर्ने भएको छ । विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्वश्रम स्वीकृतिको परीक्षण शुरु गरेको छ ।

म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् । त्यसपछि पूर्वश्रम स्वीकृतिका लागि अनलाइन हुन्छ । यसरी अनलाइन भएको सवै विवरण सम्बन्धीत म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तवाता लिन पाउँछन् । हाल पूर्वश्रम स्वीकृति कागज रुपमा लिएर अन्तवाता लिदै आएका थिए । अब भने अन्तर्वार्ता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुन्छ ।

वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक डा.भीष्म भुसालले बताए । अनलाइन प्रणालीबाट काम गर्ने थालेपछि विगतका तुलनामा धेरै समस्या समाधान हुदै गएको उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्