नवराज सिलवाल ललितपुर १ का उम्मेदवार



सैघाली खबर,
काठमाडौं, १६ कात्तिक ।– एमाले प्रवेश गरेका पूर्व डिआजी नवराज सिलवाललाई एमालेले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार उठाउने भएको छ ।
प्रतिनिधिसभाका लागि ३ क्षेत्र रहेको ललितपुर १ बाट सिलवाल वाम गठबन्धनको उम्मेदवार बन्नुभएको हो । वाम गठबन्धनको बाँडफाँडमा २ क्षेत्र एमाले र एउटामा माओवादी केन्द्रले पाउने सहमति भएको हो ।
क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन र ३ बाट माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसले ललितपुर १ बाट उदयशमशेर राणा, २ मा चन्द्र महर्जन र ३ बाट मदनबहादुर अमात्यलाई प्रतिनिधिसभा उमेदवार चयन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्