आजको मौसमः कुन ठाउँमा कस्तो ?



काठमाडौँ । देशभर केहि दिन यता मौसममा बदली भएको छ । उपत्यका लगाएत देशका आधिकाशं स्थानमा जाडो बढेको छ । यस्तै तराइका जिल्लामा पनि जाडोले त्यहाँको जनजिवन प्रभावित बन्न पुगेको छ । यसैबीच हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । यस्तै तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पश्चिम र मध्य तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको छ ।

बुधबार दिनभर देशको मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । यस्तै अरु क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने छ । राति देशभरको मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्