केराको मुल्य सृङखला उपआयोजनाको सार्बजनीक सुनुवाइ



सैघाली खबर
दाङ,१७ कार्तिक

तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीमा रहेको टिस्यु कल्चर प्रबिधिबाट केराको मुल्य सृङखला बिकास उपआयोजनाको दोस्रो सार्बजनीक सुनुवाई भएको छ । लाईभ साईन्स कलेज तुलसीुरद्धारा सञ्चालित सर्वोदय बहुउदेश्यीय कृषि फर्मको आयोजना तथा नेपाल सरकार कृषि बिकास मन्त्रालय अन्तरगत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको आर्थिक सहयोग हुन लागेको उपआयोजनाको दोस्रो सार्बजनीक सुनुवाई गरिएको हो । फर्मका प्राबिधिक सल्लाहकार मनोज बस्नेतको अध्यक्षता तथा जिल्ला कृषि बिकास कार्यालय दाङका बागबाणी अधिकृत धनराज गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बक्ताहरुले दाङमा टिस्यु कल्चर प्रबिधिबाट उत्पादन गरिएका बिउहरु उपलब्ध हुनु यहाँका किसानहरुका लागि खुसीको कुरा भएको बताएका थिए । टिस्यु कल्चर प्रबिधिबाट उत्पादित बिउ ल्याउन काठमडौ, चितवन जानुपर्ने बाध्यता हट्ने उनीहरुको बिश्वास थियो । बक्ताहरुले टिस्यु कल्चरबाट उत्पादन बिउ प्रयोग गरेमा कुनै पनि रोगहरु नलाग्ने तथा उत्पादन पनि धेरै हुने बताएका थिए । एक करोड २६ लाख ८७ हजार चार सय १५ रुपैया लागतमा निर्माण हुन लागेको उक्त उपआयोजनाको ८० प्रतिसत काम पुरा भईसकेको छ । कार्यक्रममा आरआईएसएमफपीका दिलिपजंग राणा, रास नेपालका हरि प्रशाद शर्मालगायतले मनत्ब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण लाईभ साईन्स कलेजका शिक्षक नारायण ढकालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्