बिद्युत अनियमित हुँदा सेवाग्राही मर्कामा



सैघाली खबर
दाङ,१७ कार्तिक


दाङको बिद्युत सेवा अनियमित भएको छ । बिहान ७ बजे देखी साँझ ७ बजे सम्म बिद्युत नआउदा सेवा ग्राहीहरु मर्कामा परेका छन् । ‘ बिहान ७ बजे देखि साँझ ७ बजे सम्म बिद्युत आउँदैन्, तुलसीपुरकी सिला चौधरीले भनिन्‘ दैनिक कामकाजमा ठप्प भएको छ ।’ दाङका बिद्युतबाट चल्ने पसल तथा संस्थाहरु झनै मारमा परेका छन् । तुलसीपुरका एक ब्यसायीले भने ‘ दिनभरी लाईन आउदैन्, जसले गर्दा जेनेनेटर चलाएर काम चलाईरहनु परेको छ । जसले गर्दा निकै खर्चिलो भएको छ ।’

बिद्युत अनियमित हुँदा ब्यापारीहरुलाई प्रत्यक्ष मारमा परेको उनीहरुले बताएका छन् । तुलसीपुरका समिर श्रेष्ठले बिद्युत सुचारु हुने समय थाहा पाउन बिद्युतमा फोन गर्न खोजे । उनले बिद्युतको नंबरमा फोन गर्न थालेको २ घण्टा भयो तर बिद्युतमा उनको फोन रिसिभ भएन् । उनी मात्रै होईन्, यो समस्याबाट अहिले धेरै सेवा ग्राही आजित भईसकेका छन् ।

लोडसेडिङ नभएको बेलामा पनि बिद्युत काट्ने, बिद्युत झ्याप, झ्यापले गर्दा बिद्युतमा जोडेका धेरै सामाग्री बिग्रिएको तुलसीपुरका अरुण बिकले बताए । बिद्युत प्राधिकरण तुलसीपुर प्रसासनले भने सडक फोरलेन बनाउने क्रममा पोल सार्नुपर्ने भएकाले बिद्युत सेवा अनियमित भएको प्रतिक्रिया दिएको छ । फोरलेन बनाउन बिद्युतका पोलहरु सार्नुपर्ने र बिद्युतका पोल सारिसकेपछि उक्त समस्या समाधान हुने बिद्युत कार्यालय तुलसीपुरले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्