कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने बगर कृषि सहकारीको योजना



ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लि। यस आर्थिक वर्ष देखि कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी निवारण गर्ने योजनालाई अगाडी सारेको छ ।

सहकारी संस्थाको शनिवार राप्ती गाउँपालिका ५ कालापानीमा आयोजना गरेको नवौ वार्षिक साधारणसभामा वार्षिक कार्य योजना पेश गर्दै संस्थाकी व्यवस्थापक सावित्रा चौधरीले सो योजनालाई प्रमुख योजनाको रूपमा अगाडी सारेको बताएकी छिन् । साथै उनले संस्थालाई अझ मजबुद बनाउन राप्ती गाउँपालिका ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थालाई गाभेर ठुलो संस्था बनाउने, शेयर सदस्य संख्या वृद्धि गरि ३ सय ५० पुर्‍याउने , कृषि प्रविधि तथा सहकारी शिक्षा तालिम र स्वास्थ्य तथा पोषण तालिम सञ्चालन गर्ने योजना संस्थाको रहेको छ ।

संस्थाकी अध्यक्ष करमकाशी चौधरीको अध्यक्षता एवम् जिल्ला कृषि सहकारी संघकी अध्यक्ष पदमा आचार्यको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि आचार्यले कृषि प्रधान देशमा राज्यले भने अनुसारको कार्यक्रम तथा योजना ल्याउन नसकेको र वास्तविक किसान भन्दा गैर किसानले फाइदा लिइरहेको गुनासो गरेकी छिन् । साथै उनले सहकारी संस्थाले बढी भन्दा बढी कृषि क्षेत्रमा सहकारीले लगानी लगाउन सुझाव समेत दिएकी छिन् ।

त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संघका जिल्ला कोषाध्यक्ष हरिप्रसाद भुसालले कृषि सहकारी अव व्यवसाय मुलक बन्नु पर्ने र एकै प्रकृतिका सहकारी मर्ज हुन जरूरी रहेको बताए । संस्थाकी सहसचिव कल्पना आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको सभामा पत्रकार ओमप्रकाश गुप्ता,मिलाप कृषि सहकारी संस्थाकी देउकुमारी चौधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा प्रमुख अतिथि पदमा आचार्य,विशिष्ट अतिथि हरिप्रसाद भुसाल र पत्रकार ओमप्रकाश गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे भने । संस्थामा रही व्यवसायक खेती गर्ने संस्थाकी अध्यक्ष करमकाशी चौधरीलाई फरूवा,उत्कृष्ट बचतकर्ता निमा चौधरी र जानकी चौधरीलाई परात तथा असल ऋणी हरिलाल चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै संस्थाका विभिन्न समुहलाई रजिष्टर र क्याल्कुलेटर प्रदान गरिएको थियोे । सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाकी सहसचिव कल्पना आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दयावती चौधरी र लेखा प्रतिवेदन लेखा सदस्य मिनराज अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दलबहादुर घर्ती मगरले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्