डोटीमा जिप दुर्घटनामा मृत्यु हनेको संख्या ४ पुग्यो



सैघाली खबर
डोटी,१९ कार्तिक


डोटीको के.आई.सिंह गाउँपालिका ३ बासुदेवीको देउरडीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । गम्भीर घाईते आदर्श गाउँपालिका –१ बाँझकाकनीका शारदा खडकाको मृत्युभएसंगै मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । ३ जना घाइते भएका थिए । खड्काको कोहलपुर मेडिकल कलेजमा उचार सम्भब नभएपछी थप उपचारका लागी काठमाण्डौं रिफर गरिएको छ । प्रेसर ३०÷४० भन्दा वृद्धि नभएपछि उनको स्वास्थ्य अबस्था गम्भरी रहेको प्रहरीले जानकारी दिएको छ । डोटीको के.आई सिंह गाउँपालिका १ तिखातरवाट दिपायल तर्फ आईरहेको शैलेश्वरी यातायातको से १ ज २६५ नं.को बोलेरो जिप सडकवाट करिव ३ सय मिटरभन्दा तल खसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्