मौसम प्रतिकुलका कारण आजको सिसहनियाँ महोत्सव स्थगित



ओमप्रकाश गुप्ता,सिसहनियाँ । गएराती देखि परेको निरन्तर वर्षाका कारण दाङ देउखुरीको सिसहनियाँ महोत्सवको दोस्रो दिनको कार्यक्रम स्थगित भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ पुस १७ गते बाट सञ्चालनमा आएको प्रथम औद्योगिक तथा कृषि व्यापार मेलामा वर्षाका कारण स्टलहरुमा क्षती पु¥याएको छ भने कार्यक्रम स्थलमा पानी जम्नुका साथै हिलाम्मे भएको छ ।

यसै बिच आज दोस्रो आउने भनिएका चर्चित गायक शक्ति चन्द र गायिका जानकी तारमी मगर नआउने भएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । यसै बिच भोली तेस्रो दिन गायिका कला लम्साल, गायक नरेश खाँती र शक्ति चन्द आउने भएका छन् । साथै केन्द्रिय कलाकार सँगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने हमालले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्