कांग्रेसलाई प्रचण्डको अपिलः बीपीको आदर्शतिर फर्कन



सैघाली खबर,
। चितवन १९ कात्तिक। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफु कमजोर हुुने काम गर्दै गएको भन्दै बीपीको आदर्शतिर फर्कन आग्रह गरेका छन् ।

चितवन क्षेत्र नं ३ का उम्मेदवार समेत रहेका प्रचण्डले पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दै गएको दाबी गरे ।

‘इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ। तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ।’ उनले भने, ‘अब तपाईहरु बिपीको आदर्शतिर फर्कनुस्, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ।’

स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै उनले राजनीतिक स्थीरता खोज्न काम गठबन्धन भएको जिकिर गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्